free website hit counter

सेनाको पूरै क्याम्प पहिरोले बगायो, ४० सैनिक पुरिए

beemaadmin
२०७९ असार १९, आईतवार

मुम्बई। भारतको मणिपुरमा केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्ने घटनाहरु सार्वजनिक भइरहेका छन् । नोनी जिल्लाको तुपुल रेलवे स्टेशन नजिकै बुधबार राति पहिरो खस्दा १०७ प्रादेशिक सेनाको क्याम्प पुरिएको छ । उक्त दुर्घटनापछि दर्जनौं जवानहरू माटोमा गाडिएका थिए। मिडिया रिपोर्टका अनुसार अहिलेसम्म ७ जवानको शव निकालिएको छ भने १३ जवानको उद्धार गरिएको छ । ३०(४० भन्दा बढी जवान अझै पुरिएका छन्। यसबारे मणिपुरका मुख्यमन्त्री बिरेन सिंहले आपतकालीन बैठक बोलाएका छन् । घाइतेको उपचारका लागि चिकित्सकको टोली घटनास्थलमा पुगेको छ ।
घाइतेहरुलाई उपचारका लागि नोनी आर्मी मेडिकल युनिटमा ल्याइएको छ । पहिरोका कारण इजाई नदीको प्रवाह प्रभावित भएको छ । यो नदी तामेङलङ र नोनी जिल्ला भएर बग्छ । रिपोर्टका अनुसार केही सर्वसाधारण पनि भग्नावशेषमुनि फसेको आशंका गरिएको छ । एक अधिकारीले खराब मौसमका कारण उद्धार कार्यमा समस्या भइरहेको बताए । सेनाको हेलिकप्टर पनि घटनास्थल पुगेको छ । जिल्ला प्रशासनले छिमेकी गाउँलेहरूलाई सावधानी अपनाउन र यथाशीघ्र ठाउँ खाली गर्न सल्लाह दिएको छ। भग्नावशेषका कारण इजाई नदी अवरुद्ध भएको एडभाइजरीमा उल्लेख छ । जसका कारण एकै ठाउँमा पानी जमेर बाँध जस्तो अवस्था सिर्जना भएको छ । यदि फुट्यो भने तल्लो क्षेत्रमा थप विनाश हुन सक्छ।

असम र मणिपुरलगायत उत्तरपूर्वी राज्यहरूमा लगातारको वर्षाले बाढीको अवस्था सिर्जना गरेको छ। असममा १० दिनमा अहिलेसम्म १ सय ३५ जनाको मृत्यु भइसकेको छ भने लाखौँ मानिस प्रभावित भएका छन् । यसैबीच, मौसम विभागका अनुसार अरुणाचल प्रदेश, असम, मणिपुर र सिक्किममा अझै वर्षाको सम्भावना छ।

सम्बन्धित समाचार