free website hit counter

सोल्टी होटेलको लाभांश घोषणा

beemaadmin
२०७९ कार्तिक ३, बिहीबार

काठमाण्डौ । सोल्टी होटेल लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। होटेल सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँको कुल २६.३१५७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश ५ प्रतिशत बोनस सेयर र २१.३१५७८९४७ नगद लाभांश छन्।
यसैगरी सञ्चालक समितिले कम्पनीको ४८ औँ वार्षिक साधारणसभा आउँदो पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो होटेलको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार