काठमाडौं । व्यस्तताको कारण देखाउँदै नेपाल पुनर्बीमा कम्पनीका स्वतन्त्र विज्ञ संचालक पुरुषोत्तम सुवेदीले राजिनामा दिएका छन् । संचालक सुवेदीले निजी व्यस्तताको कारणले स्वतन्त्र विज्ञ संचालक पदबाट राजिनामा दिएका हुन् । उनले गत साउन १४ गतेदेखि लागु हुने गरी राजिनामा दिएका थिए ।
कम्पनीको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरी संचालक सुवेदीको राजिनामा स्वीकृत गरेको कम्पनी सचिव विष्णु प्रसाद उपाध्यायले जनाएका छन् । कम्पनीको सञ्चालक समितिको २९७ औं बैठक गत साउन १६ गते बसेको थियो ।