free website hit counter

स्वयंसेवकबाट क्वारेन्टाइमै बलात्कार

beemaadmin
२०७७ असार १, सोमबार

कैलाली । संवेदना हराएपछि कसको के लाग्छ ? जीवन रक्षाका लागि क्वारेन्टाइनमा बस्दा पनि आपराधिक सोच नहटेपछि कसको के लाग्छ ? कैलालीको लम्कीमा क्वारेन्टिनमा बस्दै आएकी एक महिला बलात्कारको शिकार भएकी छिन् । भारतबाट गत जेठ २० गते आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएकी लम्कीचुहा नगरपालिका वडानम्बर १ की ३१ वर्षीय महिला शनिबार राति बलात्कृत भएकी हुन् । स्थानीय सहिद स्मृति विद्यालयको क्वारेन्टिनमा २० गतेदेखि नै बस्नै आएकी उनलाई त्यही स्वयम्सेवकको रुपमा कार्यरत तीन युवाले मध्यरातमा सामूहिक बलात्कार गरेको पीडितले बताएकी छिन् । आफूमाथि बलात्कार भएको भन्दै उनले इलाका प्रहरी कार्यालय लम्कीमा उजुरी किटानी जाहेरीसहित उजुरी दिएकी छिन् । उनको उजुरीको आधारमा प्रहरीले ३ जनालाई आइतबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतिक विष्टले २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र सज्जन बिकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी दिए । उनीहरु त्यहाँ कार्यरत स्वयम्सेवक भएको बुझिएको छ । अभियुक्तहरुले मध्यराति महिलालाई जबरजस्ती सुतेको स्थानबाट बाहिर बोलाएर सामूहिक बलात्कार गरेको प्रहरीलाई बताएकी छिन् । पीडित महिला भारतको बैंग्लोरबाट कैलाली आएपछि क्वारेन्टिनमा बस्दै आएकी थिइन् भने घटना भएको राति उनी विद्यालयको एउटा कोठामा एक्लै रहेकी थिइन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार