free website hit counter

स्वास्थ्य उपकरण खरिद बदनियतपूर्ण : केमसान

beemaadmin
२०७६ चैत्र १८, मंगलवार

काठमाडौं । विषम परिस्थितिमा मित्रिराष्ट््र चीनसँग खरिदर गरिएका स्वास्थ्य उपकरणका विषयमा सामाजिक सञ्जालमा अनेक प्रश्न उठिरहेको बेला करोना भाइरस परीक्षण तथा स्वास्थ्य सामग्री खरिद बदनियत पूर्ण भई गम्भीर ध्यानाकर्षण भएको रसायन तथा मेडिकल आपूर्ति सघं नेपाल (केमसान) ले जनाएको छ । उक्त विज्ञप्तिमा स्वास्थ्य मन्त्रालयले उपकरण खरिदका लागि केमसान आबद्ध व्यवसायीहरूबाट दररेटको गोप्य सिलबन्दी टेन्डर सकंलन गरेको थियो । तत पश्चात् टेन्डरमा सहभागी कम्पनीहरूलाई छलफलका लागि पछि बोलाइने आश्वासन दिइएको थियो ।
मन्त्रालयबाट स्वास्थ्य उपकरण आयात अनुमति पाएका कम्पनीका टेन्डरलाइ बेवास्ता गर्दे कमिसनको प्रलोभनमा ओमनी समूह नामक कम्पनीको नाममा खरिद आदेश जारी गरिएकोमा केमसानले गम्भीर आपत्ति जनाउँदै , मन्त्रालयको आग्रहमा अत्यन्त सस्तो दरमा व्यवसायीहरूले दररेटमा पठाएको उनले दाबी गरेका छन् । तर स्वास्थ्य मन्त्रालयले उपकरण खरिदमा आर्थिक लाभलाई समेट्दै कबोल गरिएको दररेट भन्दा तीन गुणा सम्म महँगोमा खरिद आदेश दिनुलाई बदनियत पूर्ण भएको जनाइएको छ ।
चिनिया कम्पनीबाट उपकरण खरिद गर्ने जनाइएको भए पनि कम्पनीको नाम उल्लेख गरिएको छैन । विश्व स्वास्थ्य सगंढनका अनुसार स्वास्थ्य उपकरण उत्पादक यु।एस।एफ।डि।ए मापदण्ड प्रमाणीत कम्पनी हुन आवश्यक छ । नेपालले खरिद गरेका उपकरण महंगो मात्र नभई गुणस्तरिय समेत नभएको केमसान अध्यक्ष घिमिरको दाबी छ । यसकारण जनताको ज्यानसगं सरकारी संयन्त्रबाट खेलवाड गरिएको छ ।
युएसएफडिए मापदण्ड प्रमाणीत नभएका कम्पनीबाट उत्पादन भएका उपकरण नेपाल भित्रिए पनि बजारमा उपभोग हुन नदिने उनले दाबी गरेका छन् ।

स्वास्थ्य मन्त्रालयबाट उच्च मुल्यमा खरिद भएका सामाग्रीका सुची

सम्बन्धित समाचार