काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा जनस्वास्थ्यविद् डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य मन्त्री निशा मेहताले डा. प्याकुरेललाई बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन्। नियुक्तिपछि बिहीबार बिहान उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताको उपस्थितिमा आयोजित कार्यक्रममा डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन्। डा. प्याकुरेल जनस्वास्थ्य क्षेत्रमा लामो अनुभव भएका विज्ञका रूपमा परिचित छन्।