free website hit counter

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस

beemaadmin
२०८१ फाल्गुन २५, आईतवार

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । समितिले आवेदन स्विकृति भएका १० जनासंग गत १८ र १९ फागुनमा लिएको प्रस्तुतिकरण र अन्तर्वार्ता पछि तीन जनाको नाम स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको हो । तिनै नाममध्ये एक जनालाई कार्यकारी निर्देशक नियुक्तिका लागि निर्णय गर्न मन्त्रालयले गत बुधबार नै मन्त्रिपरिषद् समक्ष प्रस्ताव पठाएको छ । मन्त्रालय स्रोतका अनुसार समितिले कार्यकारी निर्देशक पदका लागि घोराही १५ दाङका कमल पन्थी, काठमाडौँ – ४ काठमाडौँका डा कृष्णप्रसाद अधिकारी र व्यास ५ तनहुँका डा। रघुराज काफ्लेको नाम बर्णानुक्रमका आधारमा सिफारिस गरेको हो । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त स्वास्थ्य सचिव पदमा डा विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो । सोही दिन मन्त्रिपरिषद् स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि समेत तीन जनाको नाम प्रस्ताव हुँदा निर्णय हुने अनुमान समेत गरिएको थियो । तर, सो बैठकमा बीमा बोर्डको कार्याकारी निर्देशकको विषय होल्डमा राखिएको थियो । सम्भवत अब बस्ने मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यको यो प्रस्तावलाई निर्णय गर्नेछ । सरकारले २०७२ साल चैत २५ गते कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । अहिले ७७ जिल्ला, ७५३ स्थानीय तहमा यो कार्यक्रम लागू भएको छ तर पछिल्लो समय भने यसको प्रभावकारी सञ्चालनमा समस्या देखिएको छ । यसअघि स्वास्थ्य बीमा बोर्डमा कार्यकारी निर्देशक रहेका डा। दामोदर बसौलाको चार वर्षे कार्यकाल गत २५ कात्तिकमा सकिएको थियो । त्यसको ठ्याक्कै तीन महिना पछि अर्थात २४ माघमा सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यकारी निर्देशक नियुक्तीको प्रक्रिया अघि बढाएको थियो । योग्यता पुगेका व्यक्तिले १० दिन भित्र दरखास्त हाल्न आव्हान गरेको सो सूचना बमोजिम ११ जनाले दरखास्त हालेका थिए । तर अल्पसूचीमा १० जनाको नाम राखिएको थियो । बोर्डमा अहिले मन्त्रालयका सहसचिव डा सरोज शर्माले निमित्त निर्देशकको रुपमा काम सम्हाली रहेका छन् ।

सम्बन्धित समाचार