free website hit counter

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको २३ अर्ब ४४ करोड रुपैयाँ बक्यौता भुक्तानी

beemaadmin
२०८३ असार २०, शनिबार

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई चालु आर्थिक वर्षको मङ्सिरसम्मको दाबीबापतको बक्यौता रकम भुक्तानी गरेको जनाएको छ।

बोर्डले शनिबार विज्ञप्ति जारी गर्दै आबद्ध स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १५ रुपैयाँ भुक्तानी गरिएको जानकारी दिएको हो। यससँगै मङ्सिर महिनासम्मको दाबी बक्यौता पूर्ण रूपमा फरफारक भएको बोर्डले जनाएको छ।

Advertisement
Advertisement

बोर्डका अनुसार पुस महिनादेखिका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दीगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको छ।

Advertisement
Advertisement

स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीको उपचारमा कुनै अवरोध सिर्जना नगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत तोकिएका मापदण्डअनुसार गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।

त्यसैगरी, बोर्डले बीमित नागरिकलाई स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध सेवाको जिम्मेवारीपूर्वक सदुपयोग गर्न तथा अनावश्यक उपचार वा परीक्षणको माग नगर्न आग्रह गरेको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि आवश्यकताभन्दा बढी परीक्षण वा उपचार नगर्न, अनावश्यक दबाबमा नपर्न तथा स्वास्थ्य बीमा कार्यक्रमको दीगोपन र प्रभावकारिता कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न बोर्डले आह्वान गरेको छ।

सम्बन्धित समाचार