free website hit counter

स्वास्थ्य बीमा बोर्डमा झण्डै ४ अर्ब मौज्दात

beemaadmin
२०८० चैत्र २७, मंगलवार

काठमाण्डौ । आम नेपाली जनताको पहुँच स्वास्थ्यमा पुगोस् भनेर शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम नेपालको कुल जनसंख्यामध्ये २६.५४ प्रतिशत जनसंख्यामा पुगेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम ७७ लाख ४१ हजार ४८३ जना जनसंख्या स्वास्थ्य बीमा सेवामा जोडिएका हुन् । कुल बीमितमध्ये स्वास्थ्य बीमा सेवा लिनेको संख्या भने ४७.१८ प्रतिशत मात्रै रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार ३६ लाख ५२ हजार ४३२ जनसंख्याले स्वास्थ्य बीमा सेवा लिएका छन् । साथै नवीकरण गर्ने बीमितको संख्या भने ६२.११ प्रतिशत अर्थात् ४८ लाख ८ हजार ७६० जना रहेका छन् । बोर्डका अनुसार कुल बीमित परिवार संख्या २३ लाख ९२ हजार ६७६ रहेको छ । बोर्डले चालु आवको फागुन १० गतेसम्म सेवा प्रदायक अस्पतालहरुलाई गरेको कुल भुक्तानी ६ अर्ब ४४ करोड १६ लाख रुपैयाँ पुगेको छ । हालसम्म बोर्डमा स्वास्थ बीमा कार्यक्रममार्फत मौज्दात रकम ३ अर्ब ८४ करोड ८८ लाख रुपैयाँ रहेको छ । हाल स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्ला र ७५२ स्थानीय तहमा पुगेको छ । बाँकी रहेको काठमाण्डौ उपत्यकाको एउटा स्थानीय तह बुढानिलकण्ठ नगरपालिकामा पनि छिट्टै कार्यक्रम लागू गरिने योजना रहेको बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले बताए । वित्तीय साधनको समतामुलक परिचालन गर्दै पूर्व भुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गरी वित्तीय संरक्षण प्रदान गर्न र सेवा प्रदायक स्वास्थ्य संस्थाको क्षमता तथा जवाफदेहिता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यका लागि स्वास्थ्य बीमा बोर्ड निरन्तर रुपमा प्रयास गर्दै अगाडि बढेको बसौलाले बताए । स्वास्थ्य बीमा कार्यक्रममा विभिन्न वर्गहरुको आबद्धता रहेको छ । बोर्डका अनुसार चैत १८ गतेसम्ममा अति गरिब बीमितको संख्या ५ लाख १४ हजार ६१८ रहेको छ । त्यस्तै, जेष्ठ नागरिक बीमितको संख्या ९ लाख ३० हजार ३९७ जना, एचआईभी संक्रमित बीमितको संख्या ३६ हजार ८८१ जना, अति अशक्त अपाङ्ग बीमितको संख्या १ लाख ४१ हजार २२३ जना, एमडिआर एक्सडिआर टिबि बीमितको संख्या ३ हजार ३३१ जना, कुष्ठरोग संक्रमित बीमितको संख्या ३ हजार ६८५ जना र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका बीमितको संख्या १ लाख ३२ हजार ५६७ रहेको बोर्डले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार