free website hit counter

स्वास्थ्य सेवाकालागि नेशनल लाईफ इन्स्योरेन्सले दियो २० लाख सहयोग

beemaadmin
२०७९ भाद्र २७, सोमबार

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा सुनकोशी गाउँपालिकामा सर्व सुलभ स्वास्थ्य सेवाकालागि २० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । सुनकोशी गाउँपालिका र एक एक पाईला फाउण्डेसनको सहकार्यमा संचालित एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालमा भदौ १८ गते दाता सम्मान तथा अभिनन्दन कार्यक्रममा इन्स्योरेन्सले सो सहयोग हस्तान्तरण गरेको हो । उक्त वडा अध्यक्ष कुमार शाहीको मूख्य आतिथ्य तथा एक एक पाइला फाउण्डेसनका अध्यक्ष डा। सुमन शम्सेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो ।
नेशनल लाईफ इन्स्योरेन्सले उक्त भेगमा बसोवास गर्ने जनताले सर्व सुलभ स्वाश्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्धेश्यले सो परियोजना कार्यान्वयनकालागि २० लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्व साधारणहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । सो समारोहमा अस्पताल व्यवस्थापनबाट आर्थिक सहयोग प्रदान गरे वापत कम्पनीका उप कार्यकारी प्रमुख प्रताप मान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार