free website hit counter

हायर पर्चेज कर्जामा २ प्रतिशत व्याज घट्यो

beemaadmin
२०७७ भाद्र २, मंगलवार

काठमाडौं । कोरोना कहरले बजार सुस्त भइरहेको बेला मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको व्याजदर घटाएको छ । हाल विद्यमान कोरोनाभाइरसको महामारी नियन्त्रणको लागि नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट अर्थतन्त्रमा परेको असरसँग अत्यन्त प्रवाहित क्षेत्रको रुपमा रहेको यातायात व्यवसायमा परेको प्रभावलाई मध्यनजर गर्दै मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको व्याजदर भाद्र १ गते देखि लागु हुने गरी २ प्रतिशतसम्म घटाएको छ ।

यसबाट गत चैत्र महिना देखि भएको बन्दाबन्दीले सानो लगानीमा आफ्नो स्वआर्जन गरी व्यवसाय गर्दै आएका ग्राहकहरुलाई पर्न गएको आर्थिक प्रभावमा राहत मिल्ने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार