free website hit counter

हिमालयन जनरलको नाफा १७ करोड ३० लाख

beemaadmin
२०७७ श्रावण ३०, शुक्रबार

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथा त्रैमाससम्ममा २७ करोड ४१ रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा २७ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन २ प्रतिशतले घटेको हो । कम्पनीले ४ हजार ४३२ वटा बीमा दाबी भुक्तानी गरेको छ भने ९ सय २० वटा बीमा दाबीको भुक्तानी गर्न बाँकी छ । समिक्षा अवधिमा कम्पनीले १७ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

कम्पनीले गत बर्षको सोहि अवधिमा २० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १४ दशमलव ४५ प्रतिशतले घटेको छ । १ अर्ब रुपैयाँ माथि रहेको छ भने जगेडा कोषमा २५ करोड १७ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले बीमा कोषमा ५६ करोड २८ लाख रुपैयाँ संचित रहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार