free website hit counter

हिमालयन पावर पार्टनरकाे हकप्रद शेयर निष्काशन

beemaadmin
२०८३ बैशाख १७, बिहीबार

काठमाडाैं । हिमालयन पावर पार्टनर लिमिटेडले बैशाख १७ गते देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशत बराबर हकप्रद शेयर जारी गरेको हो।

यसअनुसार, हालको १ कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता अनुपातमा हकप्रद शेयर उपलब्ध हुनेछ। कम्पनीले कुल ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता शेयर निष्काशन गर्नेछ।

Advertisement
Advertisement

हकप्रद प्रयोजनका लागि कम्पनीले चैत १० गते बुकक्लोज गरेको थियो। त्यसैले चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। आवेदन दिने अन्तिम मिति जेठ ६ गतेसम्म तोकिएको छ।

Advertisement
Advertisement

कम्पनीले प्राप्त गरेको ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्गले यसको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले उक्त क्यापिटलसहित ग्लोबल आइएमई बैंकका बेशीशहर, दोर्दी, भोटेओडार र उदिपुर शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सी-आस्बा सेवा उपलब्ध बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो शेयर’ प्रणाली प्रयोग गरेर अनलाइन आवेदन पनि दिन सकिन्छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँटपछि यो पूँजी बढेर १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ।

हकप्रदबाट संकलित रकम कम्पनीले विभिन्न बैंकहरूसँग लिएको सहवित्तीयकरण ऋण भुक्तानीमा प्रयोग गर्ने जनाएको छ।

सम्बन्धित समाचार