free website hit counter

हिमालयन बैंकका थपियो सुविधा

beemaadmin
२०७७ श्रावण ६, मंगलवार

काठमाडौं । अब कर्मचारी सञ्चयकोषबाट लिएको ऋणको सहुँ ब्याज भुक्तान गर्न हिमालयन बैंकका ग्राहकले कोषको कार्यालय धाइरहनु पर्ने छैन ।

हिमालयन बैंक लिमिटेड र कर्मचारी संचय कोष बीच सम्झौता भए पश्चात कर्मचारी संचय कोषमा रकम संचय गर्दैं आएका संचयकर्ताहरुले कोषबाट लिएको ऋणको सावा र व्याज भुक्तानी कनेक्ट आइपीएस ई पेमेन्टद्वारा गर्न सक्ने भएका छन् ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट वरिष्ठ व्यवस्थापक शंकर जोशी र कोषका तर्फबाट मुख्य व्यवस्थापक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् । बैंकले कोषसँगको उक्त सम्झौतापश्चात कोषका संचयकर्तालाई लाभ पुग्ने विश्वास लिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार