काठमाडौं । गत आर्थिक वर्षमा हिमालयन बैंक लिमिटेडको नाफा १ अर्ब ५१ करोड रुपियाँ पुगेको छ । यो नाफा अघिल्लो आवको तुलनामा २२.१५ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब २३ करोड रुपियाँ नाफा कमाएको थियो । त्यस्तै समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १० प्रतिशतले घटेर १० अर्ब ४५ करोड रुपियाँमा सीमित भएको छ । त्यसैगरी कुल सञ्चालन आम्दानी पनि ४.७२ प्रतिशतले घटेर १२ अर्ब ५२ करोड रुपियाँमा झरेको छ । अघिल्लो आवमा बैंकले १३ अर्ब १४ करोड रुपियाँ सञ्चालन आम्दानी गरेको छ । त्यस्तै बैंकको सञ्चालन नाफा भने ८८.४१ प्रतिशतले बढेर ५ अर्ब ४३ करोड रुपियाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिशेयर आम्दानी ईपीएस पनि बढेको छ । अघिल्लो आवमा ५।७२ रुपियाँ रहेको प्रतिशेयर आम्दानी गत आवमा ६.९८ रुपियाँ पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १७५.०७ रुपियाँ र खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत कायम भएको छ । २१ अर्ब ६५ करोड रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष ५ अर्ब १० करोड रुपियाँले ऋणात्मक रहेको छ ।