free website hit counter

हिमालयन बैंकको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हात’ मा अफर

beemaadmin
२०८० भाद्र ११, सोमबार

काठमाडौं । हिमालयन बैंकले कनेक्ट आइपीएससंगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि “फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा” अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैकिङ्ग एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । सो अफर भदौ १ गते देखि भाद्र ३१, २०८० गतेसम्म लागु हुनेछ । मोबाइल बैकिङ्ग एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा लकी ड्र मार्फत् बिजेता छनोट गरिनेछ । उक्त बिजेताको घोषणा हिमालयन बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकहरुलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ । मोबाइल एपको फण्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विच कनेक्ट आइपीएसको च्यानल प्ल्याट्फर्म मार्फत हुने गरेको छ र उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । आर्थिक वर्ष २०७९–८० मा यस च्यानलमार्फत १ करोड ४७ लाख रूपैयाँभन्दा बढी भुक्तानी भइसकेको छ । मोबाइल बैंकिङ्ग मार्फत प्रयोगकर्ताहरुले प्रति कारोबार प्रति दिन दुई लाख रूपैयाँको मात्र गर्न सक्नेछन् । हिमालयन बैंकको एपमा हाल १७०,००० भन्दा बढी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु रहेका छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार