free website hit counter

हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन

beemaadmin
२०८३ आश्विन १९, सोमबार

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन गरिएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा नयाँ प्रतिनिधि नियुक्त गरेको हो।

कम्पनीका अनुसार नेपाल बैंकका तर्फबाट होमबहादुर खड्का, हंसराज हुलाचन्द एन्ड कम्पनीका तर्फबाट नितेश तोदी र कालिका फिनकर्पका तर्फबाट पल्लव श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरिएको छ।

नवनियुक्त सञ्चालकहरूको मनोनयन आगामी वार्षिक साधारणसभासम्मका लागि स्वीकृत गरिएको कम्पनीले जनाएको छ।

यस्तै, कम्पनीको अध्यक्षमा दिपेन्द्रकुमार मिश्रलाई नियुक्त गरिएको छ। मिश्रको अध्यक्ष पदमा नियुक्ति पनि आगामी वार्षिक साधारणसभासम्म कायम रहने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार