free website hit counter

हिमालयन रिको कामु सीईओ मुकेश कपुरले दिए राजीनामा

beemaadmin
२०८३ असार १०, बुधबार

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेड (हिमालयन रि)का कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मुकेश कुमार कपुरले पदबाट राजीनामा दिएका छन्।

कपुरले असार ८ गते सोमबार राजीनामा दिएको कम्पनी स्रोतले जनाएको छ। उनी गत असार ३ गते मात्र कम्पनीको सञ्चालक समितिबाट कामु सीईओमा नियुक्त भएका थिए।

हिमालयन रिकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलविरुद्ध धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत मुद्दा दायर भएपछि उनी निलम्बनमा परेकी थिइन्। त्यसपछि कम्पनीले कपुरलाई कामु सीईओको जिम्मेवारी दिएको थियो।

Advertisement
Advertisement

तर नियुक्त भएको एक सातासमेत नपुग्दै कपुरले पदबाट राजीनामा दिएका हुन्। उनले राजीनामा दिनुको कारण भने सार्वजनिक गरिएको छैन।

कम्पनीले अब नयाँ नेतृत्व व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।

सम्बन्धित समाचार