free website hit counter

हिमालयन लाइफद्वारा ४०९ विद्यार्थीलाई स्कुल ब्याग वितरण

beemaadmin
२०८३ बैशाख २६, शनिबार

बागलुङ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी प्रादेशिक कार्यालय बागलुङले देविस्थान माध्यमिक विद्यालयका ४०९ जना विद्यार्थीलाई स्कुल ब्याग हस्तान्तरण गरेको छ।

निसीखोला गाउँपालिका–१ स्थित विद्यालयका कक्षा नर्सरीदेखि कक्षा ११ सम्म अध्ययनरत सबै विद्यार्थीलाई झोला वितरण गरिएको प्रधानाध्यापक झक बहादुर क्षेत्रीले जानकारी दिए।

कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्सका सहायक कार्यकारी प्रमुख हरि प्रसाद ढुङ्गाना, प्रादेशिक प्रमुख गणेश धमला, उप–प्रादेशिक प्रमुख बलराम गौतम तथा बुर्तिबाङ शाखा प्रमुख प्रेमराज पौडेललगायतको उपस्थिति रहेको थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत पुन मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निसीखोला गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रसिंह रामजाली प्रमुख अतिथि रहेका थिए।

अभिभावक र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ।

सम्बन्धित समाचार