free website hit counter

हिमालयन लाइफ इन्स्योरेन्सको न्यौपाने परिवारलाई मृत्यु दाबी भुक्तानी

beemaadmin
२०८१ जेष्ठ २४, बिहीबार

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितको निधपछि आश्रित परिवारलाई बीमा बापतको दाबी भुक्तानी गरेको छ । कम्पनीको सुखड शाखाले मृत्यु दाबी बापतको बीमा रकम हस्तान्तरण गरेको हो । कम्पनीले बर्दगोरिया गाउँपालिका १, कट्टिपुर निवासी स्वर्गिय जयप्रसाद न्यौपानेको परिवारलाई बीमा बापत ६ लाख १२ हजार ५०० रुपैयाको चेक हस्तान्तरण गरेको छ । कम्पनीका सुखड शाखाका शाखा प्रमुख राम प्रसाद चौधरी, कर्मचारी पुष्पा कुमारी शाही र कम्पनीमा कार्यरत एजेन्सी म्यानेजरहरुले संयुक्त रुपमा स्वर्गिय बिमितको इच्छ्याइएको व्यक्ति पुन्नकला न्यौपानेलाई हस्तान्तरण गरेको हो । बिरामीका कारण मृत्यु भएका जय प्रसाद न्यौपानेले सुखड शाखामा पाँच लाखको बीबमा गराएका थिए । उनले पाँच बर्षको बीमाशुल्क १,६५,७९५ भुक्तानी गरेका थिए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार