free website hit counter

१८ सय ४२ कोरोना संक्रमित त आइसीयू र भेन्टिलेटरमै (कहाँ कति ?)

beemaadmin
२०७८ जेष्ठ २०, बिहीबार

काठमाडौं । परीक्षणको दर घट्दा पछिल्ला दिनमा कोरोना संक्रमित भन्दा कोरोना निको हुनेको संख्या बढ्दो छ भने ज्यान गुमाउनेको संख्या पनि क्रमशः घट्दो छ । परीक्षण गरिएकामध्ये ३० प्रतिशत भन्दा बढीलाई कोरोना देखिनेक्रम भने अझै घटेको छैन । देशभर हाल १ हजार ८ सय ४२ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ४ सय ४४ आइसीयू र ३९८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १ हजार ८ सय ३१ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।

प्रदेश १ मा २२१ आइसीयू र ५७ भेन्टिलेटरमा, प्रदेश २ मा ११३ आइसीयू र २२ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७२६ आइसीयू र २५६ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १३९ जना आइसीयू र २३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६९ जना आइसीयू र २५ जना भेन्टिलेटरमा, कर्णालीमा ४६ जना आइसीयू र ५ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३० जना आइसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ५९६ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।

शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १९ आइसीयू र ९ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आइसीयू र ४ भेन्टिलेटरमा, वीर अस्पतालमा १४ आइसीयू र ५ भेन्टिलेटरमा, राष्ट्रिय ट्रमा सेन्टरमा १० आइसीयू र ६ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा ३० आइसीयू र २० भेन्टिलेटरमा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २५ जना आइसीयू र २० भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ४२ आइसीयू र १७ भेन्टिलेटरमा, पाटन अस्पतालमा २४ आइसीयू र १२ भेन्टिलेटरमा छन्।

यस्तै निजामती कर्मचारी अस्पतालमा १५ जना आइसीयू र २ भेन्टिलेटरमा, भक्तपुर अस्पतालमा ६ आइसीयू र २ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ८७ जना आइसोेलेसनमा छन्।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १७ आइसीयू र ३ भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा २० जना आइसीयू र १६ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ५३ आइसीयू र २८ भेन्टिलेटरमा, स्टार अस्पतालमा १० आइसीयू र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

मनमोहन अस्पतालमा १० आइसीयू र २ भेन्टिलेटरमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १७ आइसीयू र ४ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ११ आइसीयू र ६ भेन्टिलेटरमा, किस्ट अस्पतालमा १२ आइसीयू र ३ भेन्टिलेटरमा, नेपाल कोरिया मैत्री अस्पतालमा ९ आइसीयु र ४ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ५९ आइसीयू र ७ भेन्टिलेटरमा छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार