free website hit counter

१९ बालिकाको यौन दुर्व्यवहारको उजुरी पछि समातिए शिक्षक

beemaadmin
२०७६ फाल्गुन ९, शुक्रबार

काठमाडौं । १९ जना बालिकाहरुको उजुरीपछि ललितपुरको एक प्राथमिक स्कुलका शिक्षक नन्दप्रसाद निरौला बिहीबार पक्राउ परेका छन्।

स्कुलका १९ जना बालिकाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै लेखेको निवेदन र त्यसैका आधारमा प्रधानाध्यापक सविता सिलवालले दिएको उजुरीका आधारमा प्रहरीले निरौलालाई पक्राउ गरेको हो।
महालक्ष्मी नगरपालिका– ७, टीकाथलीस्थित श्रीनारायण आधारभूत विद्यालयका शिक्षक निरौलालाई अनुसन्धान निम्ति पाँच दिन म्याद थपिएको बताइएको छ ।

स्कुलका ३ देखि ५ कक्षाका बालिकाले यही फागुन २ गते शुक्रबार निरौलाद्वारा यौन दुर्व्यवहार भएको भन्दै प्रधानाध्यापकलाई निवेदन बुझाएका थिए। शिक्षक निरौलामाथि ९ देखि १४ वर्षका बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोप छ। उनी त्यहाँ सामाजिक विषय पढाउँथे।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार