काठमाडौं । एनएलजी इन्स्योरेन्सको १ लाख ६१ हजार ७८ कित्ता शेयर लिलामीमा आउने भएको छ। इन्स्योरेन्सले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको सो शेयर लिलामीमा आउने भएको हो। इन्स्योरेन्सले २०७६ फागुन २२ गतेदेखि २०७७ असार २५ गतेसम्म १० बराबर ६ अनुपातमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद शेयर बिक्री गरेको थियो।
गत साउन ९ गते इन्स्योरेन्सले निष्काशन गरिएको कुल शेयरमध्ये ३६ लाख ८१ हजार ३५९.५० कित्ता हकप्रद शेयर बाँडफाँट गरेको छ। यस अनुसार १ लाख ६१ हजार ७८ कित्ता शेयर बाँकी रहन्छ। जुन इन्स्योरेन्सले गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्नेछ। इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।