free website hit counter

१ लाख ९० हजारमा पनि आएन एक तोला सुन

beemaadmin
२०८२ बैशाख ८, सोमबार

काठमाडौं । बैशाख ८ गते नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि बैशाख ४ गते सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो। यस दिन सो रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो। नेपाली बजारमा यस दिन पनि चाँदीको मूल्य स्थिर रहेको छ। यस दिन चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा नै कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार