free website hit counter

२० प्रतिशत शेयर निष्कासनकाे तयारीमा आइएमई पे

beemaadmin
२०७७ असार ३, बुधबार

काठमाडौं । आइएमई पेले सर्वसाधारणलाई २० प्रतिशत शेयर जारी गर्न नियामक निकाय नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ । केन्द्रीय बैंकले विद्युतीय माध्यमबाट भुुक्तानी प्रदान गर्दै आएका संस्थाहरूलाई स्तहःस्फुर्त रूपमा शेयर जारी गर्न सक्ने व्यवस्था गरेपछि आइएमई पेले सर्वसाधारणलाई शेयर जारी गर्न लागेको हो । आइएमई पेले सर्वसाधारणलाई शेयर जारी गर्नका लागि अनुमति मागेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आइएमई पे, इसेवा सहित १३ वटा भुक्तानी प्रदायक संस्थाले शेयर जारी गर्ने तयारी रहेको बुझिएको छ । राष्ट्र बैंकले सोमबार मात्र सञ्चालनको अनुमति लिएका भुक्तानी सेवा कम्पनीले शेयर जारी गर्न सक्ने गरी नियमावली ल्याएको थियो । केन्द्रीय बैंकले भुक्तानी प्रदायक संस्थालाई पनि साधारण शेयर जारी गर्न सक्ने व्यवस्था गरेपछि उक्त संस्थाले सर्व साधारणलाई शेयर जारी तयारी गरेका हुन् । भुक्तानी प्रदायक संस्था स्थापना भएको ३ वर्षपछि साधारणलाई २० प्रतिशत शेयर जारी गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार