free website hit counter

२१ वर्षपछि पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर

beemaadmin
२०८१ श्रावण १४, सोमबार

काठमाडौं। सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उक्त फैसला गरेको हो। सर्वोच्चले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो । आइतबार सर्वोच्चले जोशीको भ्रष्टाचारमा अन्तिम फैसला सुनाएको हो। अदालतले उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैदको सजाय सुनाइएको छ। कांग्रेसका पूर्वसहमहामन्त्रीसमेत रहेका जोशीको मुद्दा यही ‍इजलासले ‘हेर्दाहेर्दै’मा राखेको थियो। यसअघि जेठ १ गते, ८ गते र १३ गते पनि सर्वोच्चमा सुनुवाइ भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार