free website hit counter

२३ कम्पनीको ६ अर्ब ३८ करोडको आइपीओ पाइपलाइनमा

beemaadmin
२०७९ बैशाख ४, आईतवार

काठमाडौँ । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनबा लागि लागि विभिन्न २३ वटा कम्पनीहरुले आवेदन दिएका छन् । ती कम्पनीहरुले ६ अर्ब ३८ करोड ५६ लाख ७७ हजार ४ सय रुपियाँ बराबरको ५ करोड ७१ लाख ३६ हजार ७ सय ३४ कित्ता शेयर बिक्री गर्न स्वीकृतिका लागि सेबोनमा आवेदन दिएका हुन् । सेबोनबाट स्वीकृति प्राप्त भएपछि मात्र आईपीओका लागि थप प्रक्रिया अघि बढ्ने छ । आईपीओका लागि आवेदन दिएका मध्ये रिलायवल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता रु. १०० अंकित आईपीओमा प्रिमियम मूल्य रु. ११२ थप गरी बिक्री गर्नका लागि सेबोनसँग स्वीकृति मागेको छ ।
आईपीओ बिक्री गर्न स्वीकृति माग्ने २३ कम्पनीहरु मध्ये जलविद्युत कम्पनी १७ वटा, बीमा कम्पनी २ र २ माइक्रो फाइनान्स र २ अन्य क्षेत्रको कम्पनी रहेको छ । स्वीकृतिका लागि आवेदन दिएका १४ वटा कम्पनी रिभ्यूको क्रममा रहेको, २ वटाको रिभ्यू गरी कमेन्ट पठाइएको र १७ वटा रिप्लाई एण्ड अण्डर रिभ्यूको क्रममा रहेको सेबोनबाट जानकारी प्राप्त भएको छ ।
आईपीओ बिक्रीका लागि आवेदन दिने कम्पनीहरुमा मोलुङ हाइड्रोपावर कम्पनी, रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड, थ्री स्टार हाइड्रोपावर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर लिमिटेड, सुपरमाई हाइड्रोपावर लिमिटेड, साञ्जेन जलविद्युत लिमिटेड, स्टर्न हाइड्रोपावर लिमिटेड, एशियन हाइड्रोपावर लिमिटेड, रसुवागढी हाइड्रोपावर लिमिटेड, पिपुल्स पावर लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था छन् । त्यस्तै डिस मिडिया नेटवर्क लिमिटेड र आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हुन् ।
आईपीओ बिक्रीका लागि सेबोनबाट स्वीकृतिको पर्खाइमा रहेका कम्पनीहरुमा हिमालयन हाइड्रोपावर लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड, सयपत्री हाइड्रोपावर लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेड, स्वीटगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शन लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेड छन् ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार