free website hit counter

२८.५ अर्ब बीमा शुल्क संकलन

beemaadmin
२०७६ कार्तिक २०, बुधबार

काठमाडौं । बीमा व्यवसाय विस्तारको क्रममा छ । शहरमा मात्रै केन्द्रीत बीमा कम्पनीहरु अहिले दूर दराजमा पनि व्यवसायको खोजी गर्द पुगेका छन् । चालु आर्थिक वर्ष २०७६–०७७ को पहिलो त्रैमासको तथ्यांकअनुसार नेपाल लाइफ र शिखर इन्स्योरेन्स सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्न सफल भएको देखिन्छ ।

बीमा समितिको तथ्यांकअनुसार बीमा कम्पनीहरुबाट कूल २८ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क संकलन भएकोमा जीवन बीमातर्फ २१ अर्ब ५० करोड र निर्जीवन बीमा तर्फ ६ अर्ब ९८ करोड बीमा शुल्क संकलन भएको पाइएको छ।
जीवन बीमाअन्तगर्त नेपाल लाइफ इन्स्योरेन्सले मात्रै ७ अर्ब ८९ करोड भन्दा बढी बीमा शुल्क संकलन गरेको तथ्यांकले देखाएको छ भने निर्जीवन तर्फ शिखर इन्स्योरेन्सले ९२ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ ।
यसैगरी एलआईसी नेपालले ४ अर्ब २० करोड, नेशनल लाईफले १ अर्ब ८९ करोड, मेट लाइफले १ अर्ब २० करोड र राष्ट्रिय बीमा संस्थानले १ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । बाँकी कम्पनीहरुले बीमा शुल्क अर्ब कटाउन सकेको देखिँदैन।

नयाँ बीमा कम्पनी युनियन लाइफले पुराना कम्पनीहरुलाई समेत उछिनेर ७९ करोड २६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।  निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा ६ अर्ब ९८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । हाल संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरु मध्ये राष्ट्रिय बीमा कम्पनी बाहेकबाट उक्त रकम बराबरको बीमा शुल्क संकलन गरिएको हो । बीमा समितिको तथ्यांक अनुसार सबै भन्दा धेरै शिखर इन्स्योरेन्सले ९२ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसैगरी सगरमाथाले ६७ करोड ५८ लाख, सिद्धार्थले ५९ करोड ३४ लाख, नेकोले ५६ करोड ३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांक छ । सञ्चालनमा आएको दुई वर्ष भएको अजोड इन्स्योरेन्सले २० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस्तै जनरल इन्स्योरेन्सले १४ करोड ९ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा सबै भन्दा कम सानिमा जनरल इन्स्यारेन्सले ८ करोड ९३ लाख बीमा शुल्क संकलन गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार