free website hit counter

२ वर्षयताकै उच्च विन्दुमा पुग्यो नेप्से

beemaadmin
२०८१ असार ३०, आईतवार

काठमाडौं । प्रिओपन सेसनबाटै दोहोरो अंकले बढेको शेयर बजार तीव्र उतार चढावपछि ५२ अंकले बढेर बन्द भएको छ । साताको पहिलो दिन आज नेप्से परिसूचक ५२।९७ अंकले बढेर २२५७।५९ बिन्दुमा रोकियो । आज प्रि(ओपन सेसनमै १ लाख ८० हजार ५१ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ करोड ८२ लाख ७३ हजार रूपैयाँको कारोबार भएको थियो । भने, शेयर बजार खुलेको २ मिनेटमै ८६ अंकले बढेर २२९० बिन्दुमा पुगेको थियो । आइतबार २ करोड २० लाख ४७ हजार ३२७ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रूपैयाँको कारोबार भयो । आज रिदिपावर कम्पनी लिमिटेड र माण्डु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । दुवै कम्पनीको शेयरमा सकारात्मक सर्किट लगेको छ । २४ करोड २७ लाख ५८ हजार रूपैयाँको कारोबारका साथ जानकी फाइनान्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रह्यो । आइतबार बजार पुँजीकरण ३५ खर्ब ८० अर्ब बढी पुगेको छ । आइतबार नेप्से परिसूचक दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको हो । गत वर्ष साउन ७ गतेमात्रै २२२७ बिन्दुमा पुगेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार