free website hit counter

३५ सय चलचित्रलाई पछार्दै अघि बढेका गणेश

beemaadmin
२०८० बैशाख २०, बुधबार

काठमाडौँ । नेपाली समाजको एउटा चित्रलाई पर्दामा उतारेर विश्व समुदायलाई जानकार गराएका बहुप्रतिभाशाली युवा निर्देशक गणेश पाण्डेलाई अर्को सफलता हात लागेको छ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) लाई जापानमा १ करोड ३० लाख रुपैयाँको सहयोग प्राप्त भएको छ । साथै को–हजबेन्डले एक हजार डलर नगदसहित ब्रोन्ज अवार्ड पनि जित्न सफल भएको छ । मेहोदो महोत्सवमा १ सय २२ देशका ३५ सय ३३ वटा फिल्महरु प्रतिस्पर्धामा थिए । अन्तिम प्रतिस्पर्धामा को–हजबेन्डले यो पुरस्कार जितेको हो । अप्रिल १९ बाट सुरु भएको १० दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहलाई को(हजबेन्डका निर्देशक पाण्डेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन् । ‘यो अवार्डलाई मैले मेरो करिअरको अहिलेसम्मकै ठूलो उपलब्धि ठानेको छु । नेपाली डकुमेन्ट्रीले एक लाख डलरको कोष जित्नु आफैमा गर्वको कुरा हो । यो मेरो मात्र नभई नेपाल र नेपालीको लागि पनि खुसीको खबर हो, निर्देशक पाण्डेले भनेका छन् । यसैगरी, को–हजबेन्डले क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सव मा को–हजबेन्डले उत्कृष्ट पुरस्कार पाएको हो । यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरू’ ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।

सम्बन्धित समाचार