free website hit counter

४२ हजार बढी संक्रमित, मृतकको संख्या हजार नाघ्यो

beemaadmin
२०७६ माघ २८, मंगलवार

बेइजिङ । चीनको हुवई प्रान्तमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ । यद्यपि, आइतबारको तुलनामा नयाँ संक्रमितहरुको संख्यामा सोमबार २० प्रतिशतले कमी आएको बताइएको छ । हुवईको स्वास्थ्य आयोगले उक्त प्रान्तमा सोमबार २ हजार ९७ नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ । आइतबार नयाँ संक्रमितको संख्या २ हजार ६ सय १८ थियो ।

विश्व स्वास्थ्य संगठनका उत्कृष्ट चिकित्सकको टोली चीन पुगेको छ । अहिले चीनमा मात्रै ४२ हजार २ सय बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सन् २००२–३ पछिको गम्भीर सार्वजनिक स्वास्थ्य संकट हो ।
प्राणघातक कारोना भाइरसको संक्रमणको आशंका गर्दै उपचार गराइरहेका स्थानहरुमा चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार निरिक्षण गरेका छन् ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार