free website hit counter

५० प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा

beemaadmin
२०८१ श्रावण ३०, बुधबार

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले चौथो त्रैमाससम्ममा ६६ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्ममा कम्पनीले ४४ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा ५०।०८ प्रतिशतको बढोत्तरी भएको छ। शेयर पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३८ करोड रुपैयाँ र महाविपत्ति कोषमा ७ करोड ३७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष स्पेसल रिजर्भमा १ अर्ब ४१ करोड ५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २२ करोड ६४ लाख रुपैयाँ र महाविपत्ति कोषमा ५ करोड ७० लाख रुपैयाँ थियो। अन्य इक्विटीमा भने ९ करोड ७७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा २९ करोड ४७ लाख रुपैयाँ थियो। २०८१ असार मसान्तसम्ममा कम्पनीले ३ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। २०८० असार मसान्तसम्ममा कम्पनीले ३ अर्ब ३९ करोड ४१ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २.४७ प्रतिशतले बढेको छ। समीक्षा वर्षमा कम्पनीले १ अर्ब ३३ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ३६.९४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले ९७ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २६.७२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष वार्षिक ईपीएस १९.३४ रुपैयाँ थियो। पीई रेसियो २३.६५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १९१.८३ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार