free website hit counter

५४ औं वर्षमा बीमा समिति

beemaadmin
२०७९ जेष्ठ २, सोमबार

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति बाट ५४औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले शुभकामना सन्देश जारी गर्दै सबैमा शुभकामना व्यक्त गर्दै बीमा समितिको भूमिका अझै प्रभावकारी हुने र नियमन अझै फराकिलो बन्ने विश्वास व्यक्त गरेका छन् । ५४ औं बार्षिकोत्सवकै अवसरमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जारी गरेको प्रतिबद्धतामा बीमाको नियमन अन्तर्राष्ट्रिय सिद्धान्त, बीमाको आभारभूत मूल्य र मान्यता अनुसार नेपालको परिधिभित्र रहेर गर्ने प्रतिबद्धता जनाइएको छ । अध्यक्ष सिलवालले बीमा समितिको स्थापनाको अवसरमा बीमालाई गरिब, न्यून आय भएका विपन्न नागरिकका बीचमा पुर्याउनुपर्ने चुनौति सामना गर्न बीमा क्षेत्र तयार हुनुपर्ने सन्देश दिएका छन् ।
प्रत्येक वर्ष विविध कार्यक्रम गरी बार्षिकोत्सव मनाउँदै आएको बीमा समितिले गत वर्ष कोरोना महामारीका कारण र यस वर्ष स्थानीय तहको निर्वाचनको कारण बार्षिकोत्सव कार्यक्रम आयोजना गर्न सकेन । आजको लागि निर्धारित कार्यक्रम पछि आयोजना गरिने बीमा समितिले जनाएको छ ।
२०२६ साल जेठ १ गते स्थापना भएको बीमा समितिले विभिन्न आरोह अवरोह पार गर्दै नेपालको बीमा क्षेत्रमा नियमनकारी निकायको रुपमा भूमिका निर्वाह गर्दैछ । नेपालमा बीमा इतिहास धेरै लामो पाइदैन । त्यसैले बीमा नियामकको रुपमा बीमा समितिको इतिहास पनि छोटै छ । बीमा समितभन्दा पहिले बीमा कम्पनीहरु स्थापना भई क्रियाशिल भएको नेपालमा बीमा समिति स्थापना भएर पनि कैयौं वर्षसम्म बीमा समितिलाई अर्थमन्त्रालयको एउटा कुनामा खुम्च्याइएको थियो ।

सम्बन्धित समाचार