free website hit counter

७० करोड काण्ड : प्रधानमन्त्रीविरुद्ध अख्तियारमा

beemaadmin
२०७६ फाल्गुन ११, आईतवार

काठमाडौं । ७० करोड काण्डको अडियो सार्वजनिक भइसकेपछि सबैले सबैतिर शंका गर्ने वातावरण बन्न थालेको छ । सरकारका प्रवक्ताको भिडियो सार्वजनिक भएपछि सरकार विरोधी जनमत पनि ह्वात्तै बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्को उजुरी परेको छ ।
उजुरी हाल्नेमा बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेल छन् । उजुरीकर्ताले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग निवर्तमान मन्त्री बाँस्कोटाले ७० करोड ‘कमिसन’ मागेको अडियो प्रधानमन्त्रीले डेढ महिनाअघि नै पाएपनि संलग्नहरुलाई कारवाहीका लागि कदम नचालेकाले प्रधानमन्त्री ओलीसहित चारैजनालाई कारवाहीका माग गरेका छन् । शाही र पौडेलले प्रधानमन्त्री ओली निवार्तमान मन्त्री बाँस्कोटा सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध उजुरी दिएका हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार