free website hit counter

७ जना नेपाली विद्यार्थी भागेको जिम्मेवारी लिँदै भारतमा गुरुले गरे आत्महत्या

beemaadmin
२०७७ कार्तिक १९, बुधबार

काठमाडौं। शिक्षा दिने गुरु विद्यार्थीप्रति कति जिम्मेवार हुन्छन् भन्ने कुराको उदाहरण यहाँ भेटिएको छ । भारतको एक आवासीय विद्यालयका ७ जना विद्यार्थीहरुलले आफ्ना बरिष्ठ शिक्षकमाथि कुटपिटको आरोप लगाउँदै विद्यालयबाट भागेपछि सोही विद्यालयमा पढाउँदै आएका एक नेपाली शिक्षकले आत्महत्या गरेका छन् ।

भारतको देहरादुनमा रहेको बौद्ध विद्यालय शाक्य एकाडेमीबाट ७ जना विद्यार्थीहरु भागेपछि २५ वर्षका ती नेपाली शिक्षकले आफूलाई सो घटनाको दोषी भन्दै आत्महत्या गरेका हुन् । ती शिक्षकको सुसाइड नोटको आधारमा पुलिसले अनुसन्धान अगाडि बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

केही दिनअघि यो विद्यालयका ७ जना विद्यार्थीहरु आफ्नो घर नेपाल आउनका लागि विद्यालयबाट भागेका थिए । ती विद्यार्थीहरुले सामाजिक संजालमा एउटा भिडियो लाइभ गरेर आफूहरुले चाडपर्वको बेलामा घर जान भन्दै विदा माग्दा बरिष्ठ शिक्षकले कुटपिट गरेको आरोप लगाएका थिए । आत्महत्या गर्ने शिक्षकले विद्यार्थीहरुले यसरी शिक्षकमाथि आरोप लगाउने स्थिति आउनुमा आफू जिम्मेवार भएको सुसाइड नोटमा उल्लेख गरेको समाचारमा जनाइएको छ । यस विषयमा भारतस्थित नेपाली दूतावासलाई पनि जानकारी गराइएको बताइएको छ । पुलिसले विद्यार्थीहरुले भिडियोमा गरेको दावीको पनि जाँच गरिरहेको छ ।

अक्टोबर २७ र २८ मा ७ जना नेपाली विद्यार्थीहरु बनबासासम्मको लागि ट्याक्सी लिएर स्कुलबाट भागेका थिए । तीमध्ये ४ जना आफ्नो घर जान सफल भए तर अरु ३ जनालाई भने बनबासा चेक प्वाइन्टमै रोकियो र फेरि स्कुलमै फिर्ता ल्याइयो । बनबासामा ती तीन जना विद्यार्थीलाई लिन गएका शिक्षकहरुमध्ये मृतक शिक्षक पनि एक थिए । शनिबार ती तीन जना भागेका विद्यार्थीहरुलाई लिएर स्कुलमा फर्केसँगै ती शिक्षकले आफूलाई एक कोठामा बन्द गरेर झुण्डिएको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार