free website hit counter

८०० प्रतिशत बढ्यो चन्द्रागिरी हिल्सको नाफा

beemaadmin
२०८० श्रावण ३०, मंगलवार

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य सुधार गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९६.४१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बाह्य तथा आन्तरिक पर्यटकहरुको आगमनमा उल्लेख्य सुधार भएपछि कम्पनीको आम्दानी बढ्न गई खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आदानी ३६.५४ प्रतिशत बढेर ९१ करोड ३४ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ४०.५२ प्रतिशत बढेर ७९ करोड २६ लाख रुपैयाँ पुगेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ ७५ पैसा बढेर ९ रुपैयाँ ८५ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८४ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४६.६३ गुणा रहेको छ। १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने २३ करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार