free website hit counter

अंग्रेजी नयाँ बर्षमा सुनको मुल्यले रेकर्ड कायम गर्ने अनुमान

beemaadmin
२०८० मंसिर ३०, शनिबार

काठमाडौं । यो साता सुनको मूल्य महंगिएको छ । मंसिरको अन्तिम साता, सुनको भाउ प्रतितोला एक हजार ६०० रूपैयाँले मात्र बढेको हो । साताभरमा प्रायजसो सुन सस्तिएको भए पनि अन्तिम २ दिन भने सुनको भाउ उकालो लागेको थियो । विश्व बजारमा सुनको मुल्य बढ्ने क्रम जारी छ । अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै बढेको सुनको मुल्यमा विभिन्न मुलुकमा जारी द्धन्दले थप प्रभाव पारेको बिश्लेषकहरुले बताएका छन्। उनीहरुले नयाँ बर्षमा सुनको मुल्यले रेकर्ड कायम गर्न सक्ने आँकलन समेत गरेका छन्। विश्व बजारमा शुक्रबार सुन प्रति अउन्स ६ डलरभन्दा बढिले महंगिएको छ । यतिबेला सुन प्रति अउन्स २ हजार ४२ डलर बराबर कारोबार भइरहेको छ । लगानीकर्ताहरूले सुनमाथि लगानी थुप्राउँदा पनि सुनको भाउ बढेको हो । अहिले सुनलाई सुरक्षित लगानी मान्दै अन्य लगानी पनि सुन तर्फ मोडिरहेका छन् । जसकारण सुनको माग बढिरहेको छ र भाउ वृद्धि भइरहेको छ । डलर भने अहिले बलियो बनिरहेको छ । जसको दबाब सुनको मूल्यमाथि परिरहेको छ । चाँदी पनि सो बजारमा हाल २४ डलरमा खरिदबिक्री भइरहेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा पनि यो साता सुनको मुल्य बढेको हो । साताको पहिलो दिन आइतबार प्रतितोला एक लाख १७ सय ५०० रुपैयाँ रहेको सुनको मुल्य साताको दोस्रो दिन सोमबार, मंगलबार र बुधबारसम्म घटेको थियो । बिहिबारबाट पुनः बढेको मुल्य शुक्रबार प्रतितोला एक लाख २ हजार ११० कायम भयो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन तोलाको एक हजार ६०० रुपैयाँले बढी हो । यस साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन, आइतबार चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतितोला एक हजार ४७० रुपैयाँ कायम भयो ।

सम्बन्धित समाचार