free website hit counter

अकाल मृत्युबाटै जोगाउने भगवान् शिवको शक्तिशाली महामृत्युञ्जय मन्त्र कसरी जप्ने ?

beemaadmin
२०७८ जेष्ठ २६, बुधबार

मानिसमा जब पाप र धर्मको डर हुन छाड्छ अनि समाजमा अपराध बढ्छ । धर्मको सीमाभित्र मानिस बस्ने हो भने अपराध शून्य हुन्छ, यस्ता रोगव्याधी र महामारी पनि आउँदैन । धनि हुने नाममा भएका प्राकृतिक दोहनका अपराधले आज विश्व आतंकित बनेको छ । हिन्दू धर्मले परिकल्पना गरेजस्ता समाज निर्माण हुने हो भने न त्यहाँ अपराध हुन्छ न त ठूलो संकट नै आउँछ । भगवान शिवको सबैभन्दा शक्तिशाली मन्त्र हो, महामृत्युन्जय मन्त्र । यस मन्त्रको जपद्धारा अकाल मृत्युको भयबाट मुक्ति मिल्ने मात्र होइन ठुलाठुला रोग र कष्ट समेत निवारण हुने विश्वास गरिन्छ ।

महामृत्युन्जय मन्त्रको महत्व

ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् ।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ।।

 

महामृत्युञ्जय मन्त्र किन र के का लागि जप्ने ?
१. देवादिदेव महादेवको सबैभन्दा शक्तिशाली मन्त्र भएकाले यसको जपले जीवनका कैयौं समस्या, बाधा निवारण हुनुका साथै आयू वृद्धि हुने धार्मीक विश्वास छ ।
२. यस मन्त्रको जप गर्दा भगवान शिवसमेत प्रसन्न भएकाले कुडलीमा गम्भीर रोग, दुर्घटना वा अकाल मृत्युको योग भए सो समेत टर्ने विश्वास गरिन्छ ।
३. कसैको मनमा कुनै डर वा भय भएमा दैनिक १०८ पटक महामृत्युन्जय मन्त्रको जप गरेमा मन शान्त हुने र सबै डर निवारण हुने विश्वास गरिन्छ ।

कसरी जप्ने यो मन्त्र ?
१. यसकालागि दैनिक नुहाए पश्चात रुद्राक्ष मालामा १०८ पटक यस मन्त्रको जप गर्नुपर्ने मान्यता छ ।
२. महामृत्युन्जय मन्त्रको जप सोमवार वा प्रदोषका दिन गरेमा विशेष लाभ मिल्ने धार्मीक मान्यता छ ।
३. यो मन्त्र जप गर्दा रुद्राक्ष मालाद्धारा गरेमा बढि लाभ मिल्दछ । अन्यथा संख्याहीन जप गर्दा फल प्राप्त नहुने धार्मीक विश्वास छ ।
४. यो मन्त्र जप गर्दा शिवको प्रतिमा, तस्वीर, शिवलिंग वा महामृत्युन्जय यन्त्र सामुन्नेमा राख्नु पर्दछ ।
५. जप गर्दा हाइ काढ्न, आलस्य गर्न र मन डुलाउनु हुदैँन ।
६. मन्त्र जप गर्दा कसैसंग पनि कुरा गर्नु हुदैँन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार