free website hit counter

अग्रवालले छाडे हिमालयन लाइफ

beemaadmin
२०८२ चैत्र २२, आईतवार

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान तीव्र बनेसँगै व्यवसायी सुलभ अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।

कम्पनीसँग सम्बद्ध स्रोतका अनुसार उनले बिहीबार नै सञ्चालक पदबाट राजीनामा दिएका थिए, जसलाई शुक्रबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको हो।

Advertisement
Advertisement

अनुसन्धानका क्रममा बयानका लागि पक्राउ पर्ने डरले भारत पुगेका अग्रवाल आफ्ना पिता शंकरलाल अग्रवालको सुझावपछि नेपाल फर्किएका थिए। त्यसपछि शनिबार बिहान प्रहरीले उनलाई भैरहवा नाकाबाट पक्राउ गरेको बताइएको छ।

Advertisement
Advertisement

सरकारले हिमालयन रिइन्स्योरेन्सका आधारभूत शेयरधनी दिपक भट्टसँग सम्बन्धित लगानीमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको छ। आरोपअनुसार, भट्टले हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स, हिमालयन लाइफ र क्रेष्ट माइक्रो लाइफजस्ता कम्पनीहरूको लगानी रकम दुरुपयोग गरी व्यक्तिगत नाममा शेयर खरिद गरेका थिए।

यसै अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि प्रहरीले शुक्रबार दिउँसो शंकर समूहका अध्यक्ष तथा सुलभका पिता शंकरलाल अग्रवाललाई पनि पक्राउ गरेको थियो।

सुलभ अग्रवाल शंकर ग्रुपका उपाध्यक्ष हुन् भने यस समूहअन्तर्गतको जगदम्बा होल्डिङ्सका अध्यक्ष समेत रहेका छन्।

सम्बन्धित समाचार