free website hit counter

अघि बढ्यो सानिमाको आईपीओ निष्काशन प्रकृया

beemaadmin
२०७६ फाल्गुन १७, शनिबार

काठमाडौं । नियामक निकाय बीमा समितिले तोकेको चुक्त पुँजी पुर्याउन सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको प्रकृया अघि बढाएको छ। कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात तीस करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाएको हो ।

कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रस्ताव गत माघ २४ गते सम्पन्न साधारण सभाले पारित गरेको थियो।

Advertisement
Advertisement

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रहेकोमा कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गरेपछि चुक्ता पूँजी बीमा समितिको निर्देशन अनुसार एक अर्ब रुपैयाँ पुग्नेछ।

Advertisement
Advertisement

सम्बन्धित समाचार