free website hit counter

अजोड इन्स्योरेन्सको आईपीओ भर्ने आजै मात्र

beemaadmin
२०७७ असार २९, सोमबार

काठमाडौं । अजोड इन्स्योरेन्सको शेयर भर्ने सोचाई हुनुहुन्थ्यो भने आज अन्तिम दिन हो । मागभन्दा बढी आवेदन परेपछि आजैदेखि निष्काशन तथा बिक्री बन्द हुने भएको छ। इन्स्योरेन्सले बिक्रीमा ल्याएको आईपीओमा आइतबारसम्ममा ४ लाख ८ हजार आवेदकबाट १ करोड ४७ लाख ५८ हजार ६० कित्ता अर्थात १ अर्ब ४७ करोड ५८ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको आईपीओको ५.४० गुणा बढी हुन आउँछ। कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिहिबारदेखि बिक्री खुला गरेको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको छ। बाँकी रहने २७ लाख ३० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको आईपीओमा २९ गतेसम्म बिक्री खुला आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार