free website hit counter

अजोड इन्स्योरेन्सले ३० लाख कित्ता शेयर निस्कासन गर्ने

beemaadmin
२०७६ आश्विन २९, बुधबार

काठमाडौं । स्थापनाको छोटो समयमा ने आक्रामक बजार विस्तार गर्न सफल अजोड इन्स्योरेन्स लिमिटेडले ३० लाख कित्ता शेयर प्रति शेयर एक सय अंकित दरले साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको छ । सो प्रयोजनका लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे ।
अजोड इन्स्योरेन्स लिमिटेडको अधिकृत पूँजी १ अर्व, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व हुनेछ ।

सम्बन्धित समाचार