free website hit counter

अझै घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

beemaadmin
२०८२ असार १, आईतवार

काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सुचना अनुसार बैंकहरुको औषत ब्याजदर जेठ महिनाको तुलनामा केही घटेको छ। जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषत ५।९५२ प्रतिशतविन्दु रहेकोमा असार महिनामा ०.०५ प्रतिशतविन्दु घटेर ५.९०२ प्रतिशतविन्दुमा झरेको छ। २० मध्ये १५ बैंकहरुले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा ५ बैंकहरुले ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घट्न पुगेको हो। असार महिनाका लागि ब्याजदर घटाउने बैंकहरु कृषि विकास बैंक, कुमारी बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक र एनआईसी एशिया बैंक रहेका छन्। असार महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर एभरेष्ट बैंक र एनआईसी एशिया बैंकमा बढी छ। यी दुबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ६.५५ प्रतिशतका दरले ब्याज दिने भएका छन्। यस्तो निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंकहरु भने कृषि विकास बैंक र नेपाल बैंक रहेका छन्। यी दुई बैंकहरुको यस्तो निक्षेपको अधिकतम ब्याजदर ५.४५ प्रतिशत रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार