free website hit counter

अझै १ लाख १६ हजार अभियुक्त फरार

beemaadmin
२०७६ मंसिर २९, आईतवार

काठमाडौं । अदालतबाट दोषी करार भई सजाय भुक्तान गर्नुपर्ने १ लाख १६ हजार ४ सय २६ अभियुक्तहरु अझै पनि फरारको सूचिमै रहेका छन् । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयको अभिलेखअनुसार स्वदेशी १ लाख १४ हजार ९ सय १० र विदेशी १५ सय १६ जना गरी एक लाख १६ हजार ४ सय २६ जना अभियुक्त अझै फरारको सूचिमा रहेका हुन् । उक्त कार्यालयका सहायक प्रवक्ता मञ्जु ओझाकाअनुसार, यो तथ्यांक गत कात्तिक महिनासम्मको मात्र हो ।

त्यसपछि कतिपय फरार अभियुक्तहरुलाई पक्राउ गरी जेल चलान भइसकेका र केही फेरि फरारको सूचिमा थपिएको हुँदा संख्या तलमाथि हुन सक्ने उनको भनाई छ । उच्च अदालत बिराटनगर र त्यसअन्तर्गतका जिल्ला अदालतबाट स्वदेशी र विदेशी गरी १५९२७, उच्च अदालत जनकपुर र त्यस मातहतका जिल्ला अदालतको कार्यक्षेत्रबाट भएका फैसलामा कैद भुक्तान गर्नुपर्ने २७८६६, उच्च अदालत पाटन र त्यसमातहतका अदालतबाट भएका फैसलाबाट अभियुक्त ठहर भएका ४२८२६, उच्च अदालत पोखरा र मातहतका अदालतको कार्यक्षेत्रबाट फैसला भई दोषी ठहर भएका अभियुक्त ५३५८, उच्च अदालत तुलसीपुर र मातहतका अदालतबाट फैसलामा दोषी ठहरिइ कैद भुक्तान गर्नुपर्ने अभियुक्तहरु १६८०९, उच्च अदालत दीपालय र मातहतका अदालतबाट फैसला भई पक्राउ गर्नुपर्ने अभियुक्तको संख्या ५२४१ रहेको छ भने सबैभन्दा कम उच्च अदालत सुर्खेत र मातहतको कार्यक्षेत्रमा २३९९ अभियुक्त रहेका छन् ।

फरार अभियुक्तको सूचिमा रहेकाहरुलाई पक्राउ गरी जेल चलान गर्न सम्बन्धित जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयलाई सम्बन्धित जिल्ला अदालतको तहसिल शाखाले विवरण उपलब्ध गराइसकेको र ती कार्यालयले पनि खोजविन गरी गरिरहेको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार