free website hit counter

अत्याधुनिक हतियार प्रयोग नगर्ने अमेरिकाको घोषणा

beemaadmin
२०७६ पुष २४, बिहीबार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले इराकस्थित अमेरिकी सेनाको क्याम्पमा गरेको इरानको मिसाइल आक्रमणबाट कोही अमेरिकी हताहत नभएको समेत उनले स्पट पारे । आक्रमण गरेको केही घण्टापछि ह्वाइट हाउसबाट देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले थप प्रतिबन्धको घोाषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पले भने, इरानको मिसाइल आक्रमणबाट कुनै ठुलो क्षति भएको छैन, सेनालाई सलाम छ ।

राष्ट्रपति ट्रम्पले आफुहरुसँग अत्याधुनिक हतियार भए पनि त्यसलाई अहिले प्रयोग गर्न नचाहेको बताएका छन् । उनले भने, हामीसँग अत्याधुनिक हतियारहरु छन्, तर हामी त्यसलाई प्रयोग गर्न चाहँदैनौ । बुधबार इरानले इराकका इरबिल र अल असद सैनिक आधार शिविरहरूमा मिसाइल आक्रमण गरेको थियो । केही दिनअघि मात्र इरानका सैनिक जनरल कासिम सुलेमानीको अमेरिकी सेनाको ड्रोन आक्रमणमा मृत्यु भएको थियो । सुलेमानीको मृत्यलगत्तै ती दुई देशबीच थप तनाव बढिरहेको छ ।

नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन
यसैबीच, नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ । अमेरिकाको कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थालेपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको हो ।

नेपाली सेनाले विज्ञप्ति जारी गरी अहिलेसम्म नेपाली शान्ति सैनिक सकुशल रहेको पनि उल्लेख गरेको छ । शान्ति स्थापनाका लागि इराकमा तैनाथ नेपाली सेनाको गार्ड युनिटलगायत लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कता अपाउन निर्देशन दिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार