नेपाल अर्वुद रोग निवारण संस्था र नेपाल विकास अनुसन्धान प्रतिष्ठानद्वारा संयुक्त रुपमा बुधबार आयोजित कार्यक्रममा नेपालमा पछिल्लो समय सूर्तिजन्य पदार्थको उपयोगबाट जनस्वास्थ्यमा पारेको असरबारे गरिएको अध्ययन सार्वजनिक गरिएको छ । उक्त अध्ययनअनुसार, सूर्तिजन्य पदार्थको सेवन गर्नेहरुको संख्या बढ्दै गएको यसले नसर्ने रोग लाग्ने व्यक्तिहरुको संख्या पनि बढ्दै गएको तथ्य सार्वजनिक गर्दै कर वृद्धि गर्नुपर्ने सिफारिश नेपाल सरकारसमक्ष गरेको छ । नेपाल अर्वुद रोग निवारण संस्थाका अध्यक्ष महेश श्रेष्ठले स्वागत गर्नुभएको उक्त भच्र्योल कार्यक्रममा महासचिव विमल होडाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमका बारेमा प्रतिष्ठानका जयकुमार गुरुङले जानकारी दिनुभएको थियो भने अध्ययन प्रतिवेदनका बारेमा संगीता शाक्य र रुजेल श्रेष्ठले जानकारी दिनुभएको थियो । उक्त अध्ययन प्रतिवेदनको निश्कर्ष निम्नअनुसार रहेको छ । सुर्तीजन्य पदार्थक ोसेवन गर्नेहरु कोभिड—१९ को उच्च जोखिममा रहेको हुनाले सुर्तीजन्य पदार्थमा लाग्नेकर अधिकतम बृद्धि गर्न सकिएमा, राजस्व पनि संकलन हुने र राज्यको अर्थतन्त्रमा टेवा पुग्नुकोसाथै सुर्तीजन्य पदार्थ सेवनलाई निरुउत्साहित गर्दैजीत जीतकोअवस्था हासिल गर्न सकिन्छ भन्ने निष्कर्ष नेपाल विकास अनुसन्धान प्रतिष्ठानलेगरेको एक अध्ययनले निकालेको छ । सार्वभौम प्रतिनिधि–सभामा बजेट राष्ट्रिय बहसको पूर्व सन्ध्याको अवस्था र विश्व टोबाको रहित दिवस ३१ मे अनि कोभिड १९ले ल्याएको जनस्वाथ्यको घातक यस परिवेशमा थप अर्को यथार्थ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई कोरोना भाइरसबाट उच्च जोखिममा रहेका देशहरुको सूचीमा राखेको छ । नेपाल सरकारले राष्टव्यापी रुपमा गरेको २ महिना लामोबन्दाबन्दी पछि कोरोना संक्रमणकोअवस्था तेस्रो चरण अर्थात सामुदायिक संक्रमणमा पुगेको छ । कोरोना भाइरसबाट मुटु, स्वासप्रश् वास, क्यान्सर जस्ता दीर्घ रोगीहरु उच्च जोखिममा पर्ने तथ्यलाई नियाल्दा नेपालमा यी रोगहरुको प्रमुख कारणहरु मध्येसुर्तीजन्य पदार्थको उच्चतम प्रयोग कोबारेमा चर्चागर्न सान्दर्भिक देखिन्छ । सुर्तीजन्य पदार्थ प्रयोगको सन्दर्भमा तथ्याङ्कको ठूलो अभावकोकारण यसकोरोक थाममा पहल गर्न चुनौतीपूर्ण रहेको तथ्यलाई मध्य नजर गरी नेपाल विकास अनुसन्धान प्रतिष्ठानलेस्वास्थ्य मन्त्रालय अन्तगर्त राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रको संयोजनमा नेपाल अर्बुद रोग निवारण संस्था, क्यान्सर रिसर्च यूके, विश्व स्वास्थ्य सँगठन तथा अन्य सरोकारवाला संस्थाहरुको सहकार्यमा योअनुसन्धान सम्पन्न गरेको हो र यस अनुसन्धान २०१९ को अन्तदेखि २०२० को शुरुवातमा अनुसन्धानको बिधिसम्मत तौरतरिकासहित भएको थियो ।
यस अनुसन्धानमा नेपाललाई प्रतिनिधित्व गर्ने गरी ४९ जिल्लाभर २८०० घर धुरीको सर्भेक्षणको आधारमा ‘सुर्तीजन्य पदार्थ प्रयोगको सामाजिक तथा आर्थिक पक्षको राष्ट्रिय सर्वेक्षण’ र ‘सुर्तीजन्य पदार्थमा करसम्बन्धी नीति’ को विस्तृत अध्ययन गरिएकोछ । अनुसन्धानको निष्कर्षको आधारमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानले यस आर्थिक वर्षको बजेटमा सुर्तीजन्य पदार्थको करको दायरा वृद्धि गर्नको लागि आह्वान गर्दछ । अहिलेकोभिड—१९ को महामारीको कारणले सार्वजनिक वित्तमा ठुलो प्रभाव पारिरहेकोछ जसले गर्दा नेपाल सरकारमाथि विपत्ति आइपरेको छ, त्यसैले नेविअप्रको प्रस्तावित कर वृद्धिले लगभग रु ४ अर्वको राजस्व संकलन हुनुका र साथ साथै ४३ करोड ३० लाख चुरोट खपतमा कमी आउने देखाएको छ । सरकारकोलागि सुर्तीजन्य पदार्थमा कर वृद्धि एक जीत जीतको परिस्थिति हो । सर्भेक्षणले नेपालमा हरेक घण्टा लगभग २ जना मानिस सूर्तिजन्य पदार्थले निम्त्याउने रोगका कारण ज्यान गुमाउने गरेको र प्रत्येक वर्ष २७,००० भन्दा बढी नेपालीहरुको ज्यान जाने गरेको डरलाग्दो तथ्याङ्क रहेता पनि सुर्तीजन्य पदार्थको प्रयोग दिनानुदिन बढ्दै गएको कारण के रहेछ भन्ने तथ्यको बारेमा विस्तृत विश्लेषण गरेको छ ।
त्यसैगरी, यस अध्ययनले किन नेपालको सुर्तीजन्य पदार्थमा लगाइएको कर द्वारा उक्त पदार्थको उपभोग घटाउनमा प्रभावकारी हुन सकेको छैन भन्ने बारेमा विस्तृत विश्लेषण गरेको छ । विश्वका अन्य विभिन्न मुलुकका अनुभवहरुलाई हेर्दा सुर्तीजन्य पदार्थ प्रयोग निरुत्साहनको लागि करको दायरा वृद्धि नै सबैभन्दा प्रभावकारी तरीका हो भन्नेकुरा यस अनुसन्धानको निष्कर्ष रहेकोछ । त्यसैले, आगामी बजेटमा सुर्तीजन्य पदार्थमा लगाइनेकरमा वृद्धि गरी यसको प्रयोग घटाउन प्रस्ताव गरिएको हो । रेमिट्यान्स र पर्यटन उद्योगमा निर्भर नेपालको अर्थतन्त्र हाल विश्वमहामारी रुप लिएको कोभिड—१९ को कारण थप संकटमा परिरहेका अवस्थामा आन्तरिक कर बृद्धि गर्नु पर्ने अपरिहार्यता रहेको र सुर्तीजन्य पदार्थमा कर बृद्धिले ठूलो टेवा पु¥याउने कुरा प्रस्ट छ । सुर्तीजन्य पदार्थको सेवनले लाग्ने रोगहरुको कारणले गर्दा नेपालले कुल ग्राह्यस्थ उत्पादनको ०.८६ प्रतिशत गुमाइरहेको छ (नेपाल राष्ट बैंक २०७३÷७४ आँकडा अनुसार) । यस तथ्याङ्कलाई हेर्दा सुर्तीजन्य पदार्थमा कर बृद्धिले राजस्व संकलनमा ठूलो टेवा पुग्नुका साथै ठूलो धनजनको क्षती कम गर्न सकिने एउटा सुनौलो अवसर छ ।
सर्वेक्षणबाट प्राप्त प्रमुख निष्कर्षहरूः
✓ २८०० घरधुरीमा गरिएका सर्भेक्षण अनुसार ९० प्रतिशत उत्तरदाताले सुर्तीजन्य पदार्थ स्वास्थ्यको लागि धेरै हानिकारक छ भन्ने बताए । सुर्तीजन्य पदार्थहरुले फोक्सोको क्यान्सर निम्त्याउँछ भन्ने कुरामा ९५ प्रतिशत भन्दा बढी मानिस सचेत छन् ।
✓ सुर्तीजन्य पदार्थहरुका एक चौथाई भन्दा बढी प्रयोग कर्ताहरूमा स्वास्थ्यसम्बन्धी समस्या रहेको पाइयो। ती मध्ये धेरैजसोले खोकी र छाती दुखाइ सम्बन्धि रोग रहेको बताए । उनीहरूको अनुसार आफुलेप्रयोग गरेको सुर्तीजन्य पदार्थहरुले वरिपरि रहेका व्यक्तिहरुलाई समेत असर पुर्याउँछ ।
✓ आधा न्दा बढी पुरुष (५१%) सुर्तीजन्य पदार्थको प्रयोग गर्छन्, बहुसंख्यक उत्तरदाताहरुकोअनुसार (६०%) स्थानीय क्षेत्रमा सुर्तीजन्य पदार्थको प्रयोग बढिरहेकोछ ।
✓ श्रमिक तथा अशिक्षित पुरुष समुहहरू लगायतका पुरुषहरुमा सुर्तीजन्य पदार्थकोप्रयोग उच्च रहेकोपाइयो (दुई तिहाई भन्दा बढी) । निरक्षर पुरुषहरूले स्नातक डिग्री गरेका पुरुषहरुको तुलनामा तीन गुणा बढी सुर्तीजन्य पदार्थको प्रयोग गरेको पाइयो ।
✓ समग्रमा, महिलाहरुले पुरुष भन्दा धेरै कम सुर्तीजन्य पदार्थको प्रयोग गर्छन् (१३.८%) तर यो ठाउँअनुसार फरक देखिन्छ । हिमालमा २५% महिला, जसमा ६० बर्षभन्दा बढीका ४४.२% महिलालेसुर्तीजन्य पदार्थको प्रयोग गर्छन भने त्यसका वावजुद लगभग ९०% उत्तरदाताले महिलामा सुर्तीजन्य पदार्थको प्रयोग सामाजिक रूपले अस्वीकार्य छ भन्ने विश्वास गर्छन् ।
किशोर किशोरीहरुमा बढदोलत अधिकांश उत्तरदाताहरू (७१.५%)ले युवावर्गमा सुर्तीजन्य पदार्थको प्रयोग बढिरहेको भन्ने बताए । उनीहरुका अनुसार युवाहरूले किशोर अवस्थादेखि नै सुर्तिजन्य पदार्थको प्रयोग गर्नशुरू गरेका हुन्छन् जसकोकारण सुर्तीजन्य पदार्थ प्रयोग कर्ताहरूको नयाँ पिढी तयार गर्दछ । युवाहरूले सुर्तीजन्य पदार्थ प्रयोगलाई सकेसम्म लुकाउँने गर्दछन् । यस अध्ययनमा आधारित तथ्याङ्कले समस्याको वास्तविक मापनलाई कम महत्व दिईरहेको वास्तविकतालाई स्पष्ट पार्र्दछ । किन सुर्तीजन्य पदार्थ प्रयोगलाई छाडन सक्दैनन्?
✓ सुर्तिजन्य पदार्थ प्रयोगमा अत्याधिक लत छ । उत्तरदाताहरूको एक चौथाईले गत बर्षमा सुर्तिजन्य पदार्थ सेवन त्याग्नेप्रयास गरेका थिए तर ७५% उत्तरदाताले आफुहरुमा नशा परिसकेको कारण छोड्न असफल भएको बताए । किशोर किशोरीहरूका अनुसार आफुहरुले सुर्तिजन्य पदार्थ प्रयोगको लत छोड्न प्रयास गरे पनि केही महिनापछि पुःन प्रयोग गर्नशुरु गरेको जनाए ।
✓ केहि समूहहरूले अझै पनि सुर्तीजन्य पदार्थको प्रयोगलाई सकारात्मक रूपमा हेरेका पाइयो त्यसैले यी समूहहरूले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने बढी गर्नसक्ने सम्भावना देखिन्छ ।
✓ सुदुरपश्चिम प्रदेश, जहाँ सुर्तीजन्य पदार्थको प्रयोग सब भन्दा बढी छ, त्यहाँका उत्तरदाताहरू मध्ये ३७% भन्दा बढीले ‘तपाईं कुनै चीजको कारणले मर्नुनैछ भने किन आफै रमाईलो नगर्नेर सुर्तिजन्य पदार्थहरुको प्रयोग नगर्ने’ भनाईमा सहमति जनाए ।
✓ अध्ययनका अनुसार २७% हिमाली जिल्लाका महिलाहरुको विचारमा महिलाहरूले धूम्रपान गर्न सामाजिक रूपमा स्वीकार्य छ भन्ने बताए ।
✓ अध्ययनका अनुसार सुर्तीजन्य पदार्थको प्रयोगमा साथि तथा परिवारको प्रभाव उल्लेखनीय हुन्छ । २५ बर्ष मुनिका १००% ले उनीहरूका साथीहरूद्वारा सुर्तीजन्य पदार्थको प्रयोग सुरु गर्न आफु प्रभावित भएको बताए । केही युवाहरूले आफ्ना बाबआमाबाट पनि प्रभावित भएको कुरा बताए । त्यसैले योप्रक्रिया जारीरहे सुर्तीजन्य पदार्थको प्रयोग दर उच्च रहने देखिन्छ ।
✓ विशेषगरी, गरीब परिवार सुर्तिजन्य पदार्थहरुको प्रयोगको संम्भावना बढी रहेको पाइयो । सबैभन्दा गरीबहरुले पनि उनीहरूको आम्दानीको ७.५ % सुर्तिजन्य पदार्थहरुमा खर्च गरेका पाइयो ।
✓ सुर्तीजन्य पदार्थकोप्रयोगमा विद्यमान ऐनलेनियमम्वन गरेकोछ । सरकारी तवरबाट लागु गरिएका धुम्रपानरहित नीतिहरू राम्रोर प्रभावकारी रुपमा कार्यान्वयन नभएकोआम बुझाई छ । केवल ४% ले मात्र नीतिहरू राम्रोसँग पालना गरेको पाइन्छ ।
✓ नाबालिगहरूलाई सुर्तीजन्य पदार्थहरु बेच्न नपाउने प्रावधानहरुको धेरैहदसम्म बेवास्ता गरिएको देखिन्छ, युवाहरुको भनाई अनुसार उनीहरू कुनै समस्या बिना नै स्वतन्त्र रूपमा सुर्तीजन्य पदार्थहरु किन्न सक्छन् । सुर्तीजन्य पदार्थको प्रयोग कम गर्न सरकारले कर बढाउनुपर्छ ।
✓ नेपालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि भएको सम्मेलन Framework Convention on Tobacco Control (FCTC) लाई सन् २००६ मा अनुमोदन गरेको छ । जुन एउटा सुर्तीजन्य पदार्थ नियन्त्रण नीतिहरुसम्बन्धी अन्तराष्ट्रिय फ्रेमवर्कहो । नेपाल सरकारको सुर्तीजन्य पदार्थ प्रयोग नियन्त्रण सम्बन्धी नीतिहरुमध्ये सुर्तीजन्य पदार्थको प्याकेटहरुमा ९० प्रतिशतसम्म स्वास्थ्य चेतावनीमुलक जानकारीहरु राखिएको कारणले अन्तराष्ट्रिय स्तरबाट मान्यता पाएकोछ तर करसम्बन्धी नीतिहरुमा भने अन्तराष्ट्रिय मापदण्ड अनुसार कम रहेको छ । चुरोटमा लाग्ने कर विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको कम्तिमा ७० प्रतिशत हुनु पर्नेमा नेपालमा २७ प्रतिशत मात्र छ । प्राप्त प्रमाणहरुको आधारमा सुर्तीजन्य पदार्थको सेवन घटाउनको लागि कर वृद्धि एउटा सबैभन्दा प्रभावकारी तरिका हो, जसले गर्दा सरकारको राजस्वमा पनि वृद्धि गर्न सहयोग गर्दछ, सरकार र जनताको लागि एउटा जित जित कोअवस्था हुन्छ ।
✓ कर सुर्तीजन्य पदार्थको प्रयोग कम गर्ने सबैभन्दा प्रभावकारी तरीका हो । सुर्तीजन्य पदार्थमा करको वृद्धिले कोभिड १९ महामारीको चुनौतीपूर्ण आर्थिक परिस्थितिमा पनि सरकारको राजस्व बृद्धि गर्न सघाउ पुर्याउनेछ ।
✓ यद्यपि, नेपालले खद्रा मल्यको १५.५ पतिशत (मुल्य अभिबृद्धि कर बाहेक ) मात्र सुर्तीजन्य पदार्थमा कर लगाएकोछ, जुन दक्षिण एसियाली देशहरूमध्ये सबैभन्दा कम हो । करहरू बढेपनि हालका वर्षहरूमा सुर्तिजन्य पदार्थहरु अधिक सर्भसुलभ भएको छ ।
✓ हाम्रोसर्वेक्षणबाट प्राप्त नतीजा अनुसार बढ्दो सुर्तीजन्य कर लोकप्रिय छ र यसले सुर्तीजन्य खपतलाई कम गर्दछ । ७५ प्रतिशतले सुर्तीजन्य पदार्थहरुमा कर बढाउन समर्थन जनाएका छन् (सुदुरपश्चिममा सबैभन्दा बढी ९५ प्रतिशत रहेकोछ) आधाभन्दा बढी सुर्तीजन्य पदार्थ उपभोक्ताको भनाईअनुसार सुर्तीजन्य पदार्थहरुमा कर बृद्धि गरे आफुले सेवन कम गर्ने वा सुर्तीजन्य पदार्थको मूल्य दुई गुणा गरेमा पूर्णरूपमा छोड्न सक्नेछन् । महत्वपूर्ण कुरा के छ भने, युवाहरुले पनि बढ्दो मूल्यमा प्रतिक्रिया गर्ने सम्भावना बढी हुन्छ ।
प्रतिष्ठानले हाल सुर्तीजन्य करलाई बढाउने र नेपाल सरकारले विद्यमान एक दर कर प्रणालीको सट्टा आगामी बजेट मा ५५% देखि ७५% सम्मको वैज्ञानिक कर प्रणाली लागु गर्न यस अध्ययनबाट आएको निचोडको आधारमा सिफारिस गर्दछ । यसले राजस्व पनि संकलन हुने र सुर्तीजन्य पदार्थ सेवनलाई पनि निरुउत्साहित गरी जीत जीतको अवस्था हासिल गर्न सकिन्छ भन्ने यस प्रतिष्ठानले गरेको यो अध्ययनको निष्कर्ष छ । सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गरी हजारौ नेपालीहरुलाई अकाल मृत्युबाट बचाउन र ठूलो धनराशी खर्च हुनबाट जोगाउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य ठानेका छौं । अनुसन्धानबाट आएका तथ्यहरु सम्प्रेषण गरी धुम्रपान मुक्त नेपाली समाज निमार्ण गर्न आवश्यक सहयोग र सहकार्यका लागि हार्दिक अपिल गर्दछौं ।