free website hit counter

अध्यादेशको ओली अस्त्र !!

beemaadmin
२०७७ बैशाख ९, मंगलवार

केशव दुवाडी

१• नेकपामा मुख्यतया ३ शक्तिशाली नेता छन् – ओली , प्रचण्ड र माधव ।
२•प्रचण्ड प्रवृत्ति कहिले ओली तिर , कहिले माधव तिर । एक पटक ओली प्रचण्ड मिलेर माधवलाई भित्तामा पुर्याए ।
३• जब प्रचण्ड ओली बीच शक्तिको टकराब हुन थाल्यो अनि प्रचण्ड माधव तिर नजिकिए र सचिबालयमा ओलीलाई अल्पमत परेर ओलीको इच्छा विरुद्ध आग्नी सापकोटा सभामुख भए ।
४• अल्पमतमा परेपछि ओली झस्किए र माधव सँग चिसिएको सम्बन्ध सुधार गर्न चाहे । माधब ओलीसँग त्यति विश्वस्त छैनन् किनकि ओलीले बेला बेलामा माधवलाई इग्नोर गरेकाछन् ।
५• ओलीलाई सत्ता आरोहण गराउन प्रमुख ३ सारथीहरु बामदेव , इश्वर र विष्णु पौडेल मध्ये वामदेव प्रचण्ड मिलन भैसक्यो , विष्णु बालुवाटार जग्गा काण्डमा नाम जोडिनुका साथै प्रचण्ड तिरै नजिकीएको आभास छ , अहिले ओलीको पक्का मान्छे भनेको इश्वर पोख्रेल भए पनि ओलीले उनलाई भर्पर्दो मान्दैनन् ।
६• अहिले प्रचण्ड माधवलाई प्रधानमन्त्री बनाउने र आफू पार्टी अध्यक्ष बन्ने मेलोमा लागेकाछन् । माधव प्रचण्ड मिल्दा नेकपा सम्सदीय दलमा ओली अल्पमतमा पर्छन् ।
७• यता ओलीले माधवलाई भावी अध्यक्ष तपाईँ नै हो भनेर आफूलाई सहयोग गर्न आग्रह गर्दै भेटघाट बाक्लो बनाइरहेकाछन् । तर पनि ढुक्क हुन सकेका छैनन् ।
८• कथम् कदाचित प्रचण्ड माधव मिलेर आफूलाई प्रधानमन्त्रीबाट हराए भने ४०% सांसद पुर्याएर पार्टी फुटाउने तै पनि माधव प्रचण्ड सँग नझुक्ने सन्देश दिन ओलीले यो अध्यादेशको अस्त्र फालेका हुन् ।
९• अब पार्टी फुट जोगाउनका लागि ओली र प्रचण्ड मध्ये एकजनाले केही कुरा त्याग गर्न पर्ने देखिन्छ । जस्तै ओलीले आफू अध्यक्षबाट राजिनामा दिने र प्रधानमन्त्री मात्र बनेर प्रचण्डलाई शर्वशक्तीमान अध्यक्ष बनाउने ।
तर यसले राजनीतिक सन्तुलन भने कायम गर्नग सक्दैन । यसले पुर्व माओवादी खुसी भए पनि पुर्व एमालेका ओली माधव दुबै पक्ष बेखुसी हुन्छन् ।
अर्को विकल्प भनेको ओली प्रधान्मन्त्री मात्र बन्ने र माधव र प्रचण्ड अध्यक्ष बन्ने ! नत्र ओली माधव मिल्दा प्रचण्ड पार्टी फुटाएर बाहिरिने, माधव प्रचण्ड मिल्दा ओली पार्टी फुटाएर बाहिरिने अवस्था आउन सक्छ ।
ओली प्रचण्ड मिलेको अवस्थामा माधव सँग पनि ४०% साम्सद त हुन्छ तर माधव पार्टी फुटाउने पक्षमा छैनन् । किनकि उनको सन्तुलन र समन्वयकारी भूमिकाले नै १२ बूँदे देखि शान्ति वार्ता र शान्ति सम्झौता भएको इतिहाँस साक्षी छ । (फेसबुकबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार