free website hit counter

अध्यादेशविरुद्ध विपक्षी दलहरु एकजुट, राष्ट्रपतिलाई विपक्षी बनाएको भन्दै सर्वोच्चले रिट दर्ता गरेन

beemaadmin
२०७७ बैशाख ९, मंगलवार

काठमाडौं । सरकारले बेमौसमी बाजा बजाउँदै अध्यादेश जारी गरेको २४ घण्टा बित्न नपाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँगे्रसदेखि लिएर संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनता पार्टी र संसदमा १ जना प्रतिनिधित्व रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले औपचारिक रुपमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । संघीय समाजवादी फोरमले औपचारिक रुपमा धारणा सार्वजनिक नगरे पनि पार्टी अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले विभिन्न सञ्चारमाध्यममा अध्यादेशको विरोध गरेका छन् । नेपाली काँग्रेसको आज बिहान सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकपछि जारी विज्ञप्तिमा दुवै अध्यादेश जारी गरेर सरकारले लोकतन्त्र र संविधानको मर्ममाथि नै प्रहार गरेको जनाउँदै अध्यादेश फिर्ता लिन माग गरेका छन् । राप्रपाका अध्यक्षत्रय पशुपतिसमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अध्यादेश जारी गरेर सरकारले राजनीतिक अस्थिरता निम्त्याउने काम गरेको जनाइएको छ । त्यस्तै राजपा अध्यक्षमण्डलका संयोजक शरदसिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा पनि कोरोनाविरुद्ध सबै शक्ति एकजुट हुनुपर्ने बेलामा सरकारले ध्यान अन्यत्रै मोडेको बताउँदै अध्यादेश लोकतान्त्रिक धारणाविपरत आएको बताएका छन् । यसैगरी दुवै अध्यादेशको विरुद्धमा आज सर्वोच्च अदालतमा रिट दायर गर्ने प्रयास गरिए पनि रिटमा राष्ट्रपतिलाई विपक्षी बनाइएको भन्दै सर्वोच्च अदालतले रिट दर्ता गर्न अस्वीकार गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार