free website hit counter

अनमोलविरुद्ध पर्यो ठगीमा उजुरी

beemaadmin
२०७६ फाल्गुन १७, शनिबार

काठमाडौं । छानेर मात्रै चलिचत्र खेल्ने नायक हुन् अनमोल केसी । जति चलचित्र खेलेका छन् सबै हिट भएका छन् । उनै नायक केसीविरुद्ध प्रहरीमा ठगीको उजुरी परेको छ । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको चलचित्र धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिए पनि उनले नखेल्ने घोषणा गरेपछि ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो । फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध जाहेरी दिएका हुन् । अभिनेता भुवन केसीका छोरा समेत रहेका केसीसँग श्रेष्ठ र खड्गीले गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए । यस्तै सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि सम्झौताअनुसार केसीले फिल्म नखेलेर ठगी गरेको उजुरीमा उल्लेख छ ।
यस्तै फिल्म खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत सकेको उजुरीमा उल्लेख छ ।
यस्तै उनले फिल्मका लागि तय भएका अन्य कलाकार तथा टेक्नेसियनलाई समेत अग्रिम रकम ३० लाख दिन लगाइ उनी भने सम्पर्कमा नआएर आफूहरुलाई आर्थिक रुपमा क्षति पुर्याएको उजुरीमा उल्लेख छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार