free website hit counter

अनिल अम्बानीलाई सेयर बजारमा ५ वर्षै प्रतिबन्ध सहित २५ करोड जरिबाना

beemaadmin
२०८१ भाद्र ९, आईतवार

एजेन्सी। भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका भाइ अनिल अम्बानीमाथि भारतीय प्रतिभूति तथा विनिमय बोर्ड ९सेबी० ले ५ वर्षको प्रतिबन्ध लगाएको छ । साथै, उनलाई २५ करोड रुपैयाँ जरिवाना पनि लगाइएको छ । सेबीको यो कारबाहीले अनिल अम्बानी र उनका कम्पनीका लागि संकट बढाउने देखिन्छ । योसँगै अनिल धिरुभाई अम्बानी समूह (एडीएजी) को चम्किलो तारा रहेको रिलायन्स क्यापिटल फेरि एकपटक चर्चामा आएको छ । सेबीका अनुसार अनिल अम्बानीले रिलायन्स होम फाइनान्सको प्रबन्धक पदमा खटिएका व्यक्तिहरूको सहयोग लिएर ठगी गरेका थिए । यी व्यक्तिहरूले मिलेर रिलायन्स होम फाइनान्सको पैसा अन्य कम्पनीमा पठाएका थिए । रिलायन्स होम फाइनान्सलाई पनि ६ महिनाका लागि धितोपत्र बजारमा प्रतिबन्ध लगाइएको छ । साथै, कम्पनीलाई ६ लाख रुपैयाँ जरिवाना समेत गरिएको छ । सेबीले अमित बापना, रवीन्द्र सुधाल्कर र पिंकेश आर शाहलगायतका धेरै कम्पनीहरूमाथि कारबाही पनि गरेको छ । यो कारबाहीबीच रिलायन्स क्यापिटलको चर्चा सुरु भएको छ । सन् २०२२ मा अनिल अम्बानीले रिलायन्स इंडस्ट्रीजको विभाजनपछि वित्तीय सेवा, पावर र टेलिकम व्यवसाय पाए । २००७ सम्ममा रिलायन्स क्यापिटलले ७० खर्ब रुपैयाँको मार्केट क्याप हासिल गरेर एचडीएफसीभन्दा ठूलो भएको थियो । यो देशका शीर्ष ३ वित्तीय कम्पनीहरूमा परेको थियो। २००८ मा विश्वव्यापी आर्थिक मन्दी हुँदाहुँदै कम्पनीले तीव्र गतिमा वृद्धि जारी राखेको थियो । यसपछि अनिल अम्बानी इन्फ्रा, डिफेन्स र मिडिया क्षेत्रमा पनि प्रवेश गरे । त्यसपछि उनी आर्थिक समस्यामा पर्न थाले । रिलायन्स कम्युनिकेसन्सले सीडीएमएबाट जीएसएम प्रविधिमा स्विच गर्न ठूलो समस्याको सामना गर्यो । २०१८ मा रेटिङ एजेन्सीहरूले रिलायन्स क्यापिटलको समस्याहरूका बारेमा चेतावनी दिए । त्यसपछि आईएलएन्डएफएस र डीएचएफएलको डुब्ने स्थिति थप गम्भीर बन्यो । त्यसको ठिक एक वर्षपछि २०१९ मा अनिल अम्बानीले बेलायती अदालतको अगाडि आफूलाई बिजनेसमा टाट पल्टिएको घोषित गर्ने प्रक्रिया सुरु गरे । २०२१ मा रिलायन्स क्यापिटलको सहायक कम्पनी रिलायन्स होम फाइनान्स र रिलायन्स कमर्सियल फाइनान्सको पतन भयो । नोभेम्बर २०२१ मा भारतीय रिजर्भ बैंक ९आरबीआई० ले जिम्मेवारी लियो र रिलायन्स क्यापिटलको बोर्ड विघटन गर्‍यो । र, टाट पल्टिएको घोषणा गर्ने प्रक्रिया सुरु गर्यो । यससँगै वित्तीय क्षेत्रको चम्किलो तारा बनेको यो कम्पनी डुबेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार